दफा ३
सेवा दलको गठन र विघटन
(१) नेपाल सरकारले एक सेवा दलको गठन गर्नेछ ।
(२) नेपाल सरकारले तोकेको जिल्लाहरूमा आवश्यकतानुसार सेवा दलको एक वा एकभन्दा बढी युनिट गठन गर्न सक्नेछ ।
(३) उपदफा (२) अन्तर्गत गठन गरिने सेवा दलको युनिटमा विश्वविद्यालय वा विद्यालयको विद्यार्थीहरूलाई भर्ना लिइनेछ ।
(४) नेपाल सरकारले उपदफा (२) अन्तर्गत गठन गरिएको कुनै पनि युनिटलाई भङ्ग गर्न वा पुन गठन गर्न सक्नेछ ।